
फाईल तस्बिर
काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेतिरै फर्किने बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका भट्टराईले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने बताएका हुन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई धोका दिएको टिप्पणी समेत गरेको छन् । प्रचण्डले सहयात्री दललाई दुःख दिएको पनि भट्टराईको आरोप छ । यसअघि उनले राष्ट्रपतिको निर्वाचनको लागि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएको दिन राष्ट्रपतिमा नेम्वाङले जित्ने दाबी गरेका थिए ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार