काठमाडौं । प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् ।न्यौपानेको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार