२०८३ वैशाख ४ , शुक्रबार

सल्यानमा बन्दुकको गोली लागेर एकजनाको मृत्यु



फाईल तस्बिर

सल्यान । सल्यानमा गोली लागेर एकजनाको मृत्यु भएको छ । शिकार खेल्न गएका बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा चित्र बहादुर घाइते भएका थिए । घाइते रावतको उपचारका लागि सुर्खेत लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । बन्दुक र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार