
फाईल तस्बिर
सुर्खेत । सुर्खेतसहित देशका ठाउँमा धेरै ठाउँमा गएराति हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको छ । गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हावाहुरीसहित फाट्टफुट्ट पानी, असिनाका साथै मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले र्पुयाएको क्षतिको विवरण भने आइसकेको छैन ।
मौसमविद् समिर श्रेष्ठका अनुसार बुधवार पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । बुधवार बेलुका वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले बताए । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार