सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गर्न आदेश दिएको छ। मंगलबार विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरुले मतदानबाट वञ्चित गराइएको भन्दै रिट दायर गरेका थिए।
मेनेजमेन्ट’मा अध्ययनरत तीन जना विद्यार्थीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै अर्को आदेश नआउँदासम्म स्ववियु निर्वाचन स्थगित भएको छ । अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालतको आदेशले चैत ३ गते हुन लागेको निर्वाचत रोक्न प्रभावित बनेको छ ।
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार