२०८३ वैशाख ५ , शनिबार

कर्णाली कोरिडोर अन्तर्गत च्याछरा क्षेत्रको सडक स्तरोन्नतिका लागि बन्द गरिँदै



सिमकोट-हिल्सा सडकखण्डको च्याछरा क्षेत्रको सडक स्तरोन्नतिका लागि बन्द गरिँदै
हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत सिमकोट-हिल्सा सडकखण्डको च्याछरा क्षेत्रको सडक केही समयका लागि बन्द हुने भएको छ । च्याछरादेखि पातीहाल्नसम्मको १ किलोमिटर सडकको स्तरवृद्धि गर्न लागिएकाले सिमकोट-हिल्सा सडक बन्द हुने भएको हो । सिमकोट-हिल्सा सडकखण्डको च्याछरादेखि पातीहाल्नसम्मको १ किलोमिटर सडक क्षेत्रमा वर्षेनी पहिरोबाट क्षति हुने गरेकाले सो सडकको स्तरोन्नति गर्न लागिएको हो ।

सो सडक निर्माणका लागि चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि पूर्णरूपमा यातायातका साधन सञ्चालन गर्न नपाइने गरी बन्द गरिने नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए । यातायात बन्द हुने भएपछि माथिल्लो हुम्ला जाने यात्रुहरुलई पैदल हिँड्नुपर्ने बाध्यता परेको छ । सडकको निर्माण कार्य पूरा नहुन्जेल वा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्ड बन्द गरिने अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार