सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत सुर्खेतमा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । त्रि–भूवन विश्वविद्यालयका आंगिक सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजे सकिएको हो । यहाँ करिब ३ हजार ८ सय २३ मतदाता रहेकोमा १ हजार ६ सय ८१ मत खसेको सुर्खेत बहुमुखी क्याम्पसकी सुचना अधिकारी मिना कुमारी गिरीले जानकारी दिइन् ।
मतगणनाको लागि भने सर्वदलिय बैठक बस्ने तयारीमा रहेको छ । विश्वविद्यालयपछिको केन्द्रबिन्दूमा रहेको यो क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिँजापतिबीच कडा प्रतिस्पर्धा भएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ, भने अनेरास्ववियू एसले अनेरास्ववियूलाई सघाएको थियो ।
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार