२०८३ असार १५ , सोमबार

जुम्ला बहुमुखी क्याम्पसमा नेविसंघका महेश हमाल सभापतिमा विजयी



जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ नेपाल विद्यार्थी संघ (नेविसंघ)का महेश हमाल सभापतिमा विजयी भएका छन् । हमाल १४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १३९ मत ल्याएका छन् । ३ मतले उनले परानित भएका हुन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका जयकृष्ण जैसी विजयी भएका छन् ।

उनी १४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिता नेपालीले १३६ मत ल्याइन् । कोषाध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका मेगराज देवकोटा विजयी भएका छन् । उनले १५३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका धन राज बुढाले १४७ मत ल्याए ।

सदस्यमा अखिल क्रान्तिकारीका राम प्रसाद बोहोरा १७३ मत, अनेरास्ववियुका ईश्वर खत्री १५५ मत, अखिल क्रान्तिकारीका आर्विश कार्की १४८ मत, अखिल क्रान्तिकारीकै रणबहादुर रोकाया १४३ मत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका विनोद भण्डारी १३२ मत ल्याएर विजयी भएको जुम्ला बहुमुखी क्याम्पस जुम्लाका संयोजक प्रकाश चन्द्र खत्रीले जानकारी दिए । समानुपातिकतर्फको गतमणना कार्य जारी रहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार