२०८३ असार १५ , सोमबार

कर्णालीमा नेविसंघको वर्चश्व, यस्तो छ १६ क्याम्पसको स्ववियु नतिजा (सूची)



सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार भएको निर्वाचनमा कर्णालीका १६ वटा क्याम्पसहरूको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांगेस निकट नेपाल विद्यार्थी संघले ९ स्थानमा विजय प्राप्त गरेको छ भने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चार स्थानमा जित हासिल गरेको छ ।

 

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले दुई स्थानमा जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवार एक ठाउँमा विजयी भएका छन् । कर्णालीमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका ४० आंगिक क्याम्पसमध्ये आइतबार १८ वटा क्याम्पसमा निर्वाचन भएको थियो । सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना जारी छ ।

 

यस्तै जाजरकोटको नलगाड बहुमुखी क्याम्पसमा एक मत बढी भेटिएपछि विवाद हुँदा अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । १६ वटा क्याम्पसहरूमा स्ववियु नेतृत्व यसअघि नै निर्विरोध चयन भइसकेको छ भने ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

कहाँ– कसले जिते ?

नेविसंघ

१) विद्यापुर जनता बहुमुखी कयाम्पस सुर्खेत, चेतन नेपाली
२) दोञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख, प्रकाश थापा
३) चामुण कलेजमा चामुण्डा दैलेख सुनिल शाही
४) आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख, नगेन्द्रबहादुर शाही
५) भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट, प्रकाश सिंह
६( रुकुमेली क्याम्पस रुकुम पश्चिम, अनिशेस केसी
७) जुम्ला बहुमुखी क्याम्पस, महेश हमाल
८) रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
९) डोल्पो क्याम्पस दुनै डोल्पा खिमबहादुर रोकाया

अखिल क्रान्तिकारी

१) चौजरजहारी क्याम्पस रुकुम पश्चिम, भरत विक
२) राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम, दिपक केसी
३) तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, हिक्मत सिंह
४) जनचेतना बहुमुखी क्याम्पस कालीकोट, पार्वतीकुमारी सञ्ज्याल

अनेरास्ववियु

१)भेरी बुखुमुखी क्याम्पस सुर्खेत, शक्ति पौडेल
२) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

स्वतन्त्र
१) कपुरकोट बहुमुखी क्याम्पस सल्यान, रामप्रसाद आचार्य

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार