२०८३ असार १० , बुधबार

सुर्खेत बहुमुखी क्याम्पसकाे अझै सुरु भएन मतगणना



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको त्रि–भूवन विश्वविद्यालयकाे आंगिक सुर्खेत बहुमुखी क्याम्पसको अहिलेसम्म पनि मतगणना सुरु भएको छैन् ।

 

आईतवार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु)को निर्वाचनको मतगणमा केही विवादका कारण अहिलेसम्म पनि मतगणना सुरु हुन नसकेको हो । आईतवार साँझै मतगणना सुरु गर्ने भनिएको भएपनि निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएका थिए ।

 

यस्तै, आईतवार स्ववियुको निर्वाचनको बारेमा जानकारी लिन खोज्दा निर्वाचन अधिकृत न्यौपानेले दिउँसो भरी फोन उठाएका थिएनन्। यहाँ करिब ३ हजार ८ सय २३ मतदाता रहेकोमा १ हजार ६ सय ८१ मत खसेको छ ।

 

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार