२०८३ वैशाख ५ , शनिबार

दैलेखमा ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु



दैलेख । दैलेखमा मनकामना ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा बुधवार बिहान ८ः४० बजेको समयमा दुर्घटना भएकाे हाे ।

 

दुर्घटनामा परी ट्रकमा सवार चालक, सहचालक गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतकहरुको भने पहिचान खुल्न नसकेको र घटनानस्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किसोर लम्सालले खबरदृष्टिलाई जानकारी दिए । ट्रक सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार