२०८३ वैशाख ५ , शनिबार

कोटवाडामा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी खुसीले गदगद्



कालीकोट । नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा पहिलो पटक बिजुली पुग्दा स्थानीय खुसी भएका छन् । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाको काम सकाएपछि सोमवार कोटवाडामा पहिलो पटक बत्ति बलेपछि स्थानीय खुशी भएका हुन् ।

 

नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहीले बताए । बिजुली नपुगेका अन्य पालिकामा विद्युत् पुर्याउने तयारी भइरहेको कालीकोट वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताए ।

प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार