सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ७ स्थित शिवालय चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका हुन ।
मुत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको रहेका छन् । उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।
घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाईकल नियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार