
रुकुम पश्चिम । रुकुम पश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण जनजीवन कस्टकर बनेको छ । विशेषगरी लेकमा भैंसी र भेडा हेर्ने मानिस समस्यामा परेको बाफिकोट गाउँपालिकाको भनभने लेकमा बस्दै आएका स्यालाखदीका कुईरे बुढाको भनाइ छ ।
भारी वर्षाले पाक्न लागेको गहुँमासमेत क्षति पुगेको र काटिएका गहुँ पनि पानीले भिजेको चौरजहारी ९ की किसान कविता पाण्डेले बताइन् ।बिहानदेखि परेको झरीका कारण मानिसहरूलाई घर बाहिर निस्किन पनि समस्या परेको छ । वर्षाका कारण सदरमुकाम मुसिकोट, खलंगा बजारलगायत अन्य बजार पनि सुनसान भएको मुसिकोटका व्यापारी भागिराम ओलीले बताए ।
प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार