२०८३ वैशाख ५ , शनिबार

पाखोबारीमा लगाईएको अफिम खेती फडानी



रुकुम पश्चिम । रुकुम प्रहरीले पाखोबारीमा लगाईएको अफिम खेती फडानी गरेको छ । शनिबार जिल्लाको आठबिसकोट नगरपालिका १३ स्थित हम्फा भन्ने स्थानमा लगाईएको अफिम खेती फडानी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै स्थानमा गरेर अन्दाजी ८/९ कठ्ठा जग्गामा लगाईएको अफिम खेती नष्ट गरिएको हो ।

 

ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरिक्षक बिक्रम सुवेदीको नेतृत्वको गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो । अफिमकाे खेती कसले गरेकाे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार