२०८३ वैशाख ५ , शनिबार

जाजरकोट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शाही सर्वसम्मत चयन



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जाजरकोट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा हरी मिलन शाही सर्वसम्मत चयन भएका छन् । शनिवार काठमाण्डौँमा भएको नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढिकरण तथा विस्तार अभियान भेलाले शाहीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा सोनाम पुन मगर, बसन्त रेग्मी, सचिवमा नवराज शाही, सहसचिवमा लक्ष्मी रोकाय, राजेश शाही, र कोषाध्यक्षमा दीपकप्रसाद शर्मा चयन भएका छन् ।

 

नवनियुक्त अध्यक्ष शाहीले आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरी जाजरकोटी जनताको हकहित र अधिकारलाई सुनिश्चित गर्ने बताएका छन् । उनले सधै गरिब, बिपन्न तथा अन्यायमा परेकाहरुको साथमा रहने बताउँदै जनताप्रति हेरिने दृष्टिकोण भ्रष्टाचार, अनियमितता, अन्याय, अत्याचार लगायतका सामाजिक अपराध विरुद्धमा आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष शाहीले विकास निर्माणको काममा साथै सकारात्मक कार्यमा सबै पक्षसँग सहकार्य गर्न तत्पर रहने जिकिर गरेका छन् ।

 

सम्पर्क समन्वय समितिले सम्पर्क मञ्च सम्मेलन सञ्चालन निर्देशिकामा उल्लेख भएबमोजिमका प्रावधान अनुसार जनजाती, महिला, भूगोल, अल्पसंख्यक र दलितलाई समेटेर सम्पर्क मञ्चको नयाँ कार्यसमिति गठन गरेका बताएकाे छ । यस्तै, नेकपा एमालेका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् पार्टीका स्थायी कमिटि सदस्य लालबाबु पण्डितले एमाले देशकै ठूलो र जनप्रिय पार्टी भएको बताएका छन् । उनले मुलुकको समृद्धि र विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने समेत दाबी गरेका छन् ।

No description available.No description available.

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार