२०८३ वैशाख ५ , शनिबार

छेडागाडका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा



जाजरकाेट । जाजरकोट छेडागाड नगरपालिका वडा नम्बरका १२ का तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा सचिव जैसी र प्रशासन सहायक कार्कीले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतले काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जैसीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी २ लाख ७३ हजार ४ सय रुपैयाँ हिनामिना गरेका थिए । उनीविरुद्ध सोही बराबरको विगो कायम गरी कैद सजाय र जरिवाना गर्न अख्तियारले माग गरेको छ । यस्तै, कार्कीले वडासचिव जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरेको र आफूलेसमेत लाभ लिएको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार