
सुर्खेत । दैलेखकाे ठाटीकाँध गाउँपालिकामा नेकपा एमालेकाे मिसन ग्रासरूट अभियान सम्बन्धि पालिका स्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रम भएको छ। मंगलबार एमालेका सचिव याेगेश भट्टराईको प्रमुख आतिथ्यमा र एमाले ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीकाे अध्यक्षतामा भएको हाे। कार्यक्रममा पालिकाका ६ वटै वडाका भएका मिसन ग्रासरूटकाे गतिविधिहरूबारे समीक्षा गरिएको थियाे। जिल्ला तथा, प्रदेशबाट खटिएका मिसन ग्रासरूटका प्रतिनिधिहरुले मिसन ग्रासरूट सम्बन्धि भएका प्रगतिकाे विवरण कार्यक्रममा राखेका थिए।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले देशैभर अभियान चलेका र ती कार्यक्रम सबै सफलहुँदै गएकाे बताए। उनले आफुले कर्णाली प्रदेशका सबै जिल्ला र पालिकाका केही वडामा पुगेर मिसन ग्रासरूट अभियान सम्बन्धि धेरै काम भएको दाबी गरे। यस्तै, भट्टराईले नेता-कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। उनले भने, `एउटै पालिका, वडा र टाेलमा विभिन्न प्रकारका जातजातिहरुकाे बसाेबास भएकोछ। तर, हाम्रो देशमा जाति र धर्मका नाममा विवाद भएन्। अन्य देशमा यसैका नाममा लडाइँ भएकाे छ। तर, हाम्रो देशमा त्यस्ताे छैन्। अब आउने निर्वाचनमा बहुमत ल्याउन सबै मिलेर अगाडि बढ्नुहाेस।´
यस्तै, भट्टराईले सरकार लुते र कमजाेर भएकाले देशकाे अर्थतन्त्रमा आएकाे समस्या समाधानमा सकस देखिएकाे बताए। कार्यक्रममा बाेल्दै एमाले स्थायी कमिटी सदस्य शिवामाया तुम्बाहाम्फेले परिणाममा पहिलाे पार्टीको रूपमा स्थापित गर्नका लागि याे अभियानकाे थालनि गरिएको बताईन्। उनले अरु पार्टी भन्दा जनताका लागि एमालेले धेरै काम गरिसकेको ती गरेका कामलाई जनतामाझ पुर्याएर बुझाउन महत्त्वपूर्ण रूपमा मिसन ग्रासरूटले भूमिका खेलेकाे दाबी गरिन्।
साथै उनले पार्टीले गरेका विभिन्न संगठनकाे विस्तार सँगै नयाँ सदस्य बढाउनुपर्ने लगायतका विषयवस्तुमा ध्यान केन्द्रीत गर्ने कार्यकर्तालाई निर्देशन दिइन्। यस्तै, एमाले केन्द्रीय सदस्य तथा मिसन ग्रासरूट अभियानका केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर विश्वकर्माले अभियानलाई अन्तिम चरणमा पुग्दासम्म कुनै अन्तरविराेध नभेटिएकाे बताए। साथै उनले मिसन ग्रासरूट अभियानका नियम अनुसार वडा, टाेल-टाेलमा पुगेर पार्टीका जनवर्गीय संगठनकाे गठन भएकाे बताए। यस्तै, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनाेदकुमार शाहले नेता-कार्यकर्ता तथा वडा/वडामा मिसन ग्रासरूटका लागि खटिएका पालिका, जिल्ला र प्रदेश प्रतिनिधिलाई अभिमुखीकरण दिए।
अध्यक्ष शाहले जनताकाे बहुदलीय जनवाद (जवज)काे जग बनाउनका लागि एमालेले बनाएकाे बाटाेमा सबैलाई लाग्न आग्रह गरे। साथै उनले यदी एमाले कमजाेर भएको खण्डमा देश रणभूमिमा पर्ने तर्क गरे। उनले भने, `आज एमालेले आफ्नाे नयाँ भिजन बनाएर अगाडि बढेकाे कारण एमालेलाई कमजाेर बनाउन विदेशी शक्ति लागि परेका छन्। त्यसैले आफ्नाे देश बचाउन आवश्यक छ। त्याे पूरा मिसन ग्रासरूटले गर्नेछ।´ साथै उनले पार्टी बलियाे भयाे भने जाे सुकै पार्टी सँग पनि प्रतिस्पर्धा गर्न सजिलाे हुने बताए। उनले भने, `जँहा नेपाली त्यहाँ एमाले छ। अब विगतका अन्तरविरोध बिर्सिनुहाेस। अंगमाल गरेर अगाडि बढ्नुहाेस। देश बचाउनु छ।
अनि मात्रै ०८४ काे निर्वाचनमा नतिजा निकाल्न सक्छौ।´ उनले थपे, `अवसर खाेज्ने हैन्। तपाईंलाई अवसर पछ्याउँदै आउँछ। त्यसका लागि राम्रो काम गर्नुहाेस। अवसर तपाईंको हाे। तपाईंको पछि अवसरै-अवसर हुनेछ।´ एमाले ठाटीकाँध गाउँपालिका कमिटीकाे आयाेजनामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य डा. शिवामाया तुम्बा हाम्फे, केन्द्रीय सदस्य चन्द्रबहादुर विश्वकर्मा, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनाेदकुमार शाह, प्रदेश कमिटी सदस्यहरु, एमाले दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मा, जिल्ला कमिटी सदस्यहरू तथा पार्टीका जनवर्गीय संगठनका पदाधिकारीहरुकाे सहभागी रहेको थियाे ।