२०८३ वैशाख ४ , शुक्रबार

करेन्ट लागेर चर्दै गरेका दुुई वटा पशु मरे



हुम्ला । हुम्लामा करेन्ट लाग्दा वनमा चर्दै गरेका दुईबटा पशु मरेका छन् । सिमकोट गाउँपालिका–५ को स्याम्नेमा हिल्दुुम विद्युुत वितरण केन्द्रको स्याम्ने हुँदै खार्पुनाथ गाउँपालिकातर्फ लिएको मुख्य लाइनको तार पिनबाट झरेर जमिनमा खसेपछि पशुमा करेन्ट लागेर मरेका हुन ।

 

दुुई वटा पशु बिजुलीको करेन्ट लागेर मरेकोमा एउटा गाई र अर्काे जोत्ने झोपा चौरी बाछा रहेको सिमकोट गाउँपालिका–४ को हिल्दुुम गाउँका गाईका मालिक रतन शाहीले जानकारी दिए । वनमा चराएर खोलामा पानी पिउन लग्ने क्रममा पोलबाट खसेको तारमा भएको करेन्ट लागेर दुहुनु गाईको मृत्यु भएको उनले बताए ।

 

त्यसैगरी, सोही स्थान नजिक हिल्दुुम गाउँकै धनी शाहीको झोपालाई करेन्ट लागेर मृत्युु भएको छ । केन्द्रका प्राविधिक छिरिङ लामाले स्याम्नेको चउर डिलको विद्युुत पोलमा हाईस्टेसन लाइनको पोल पिनबाट खोलामा झरेको तारमा दुबै पशुले छोएपछि करेन्ट लाग्दा मरेको जानकारी दिए । करेन्ट लागेका दुुबै पशुुलाई केन्द्रले क्षतिपूर्तिबापत २० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : २०७९ चैत २५ गते शनिबार