२०८३ वैशाख ४ , शुक्रबार

हुम्ला–बाजुरा खण्डको अवरुद्ध सडक सुचारु



हुम्ला । कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको अवरुद्ध सडक सुचारु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ को धुला चौर नजिकको साका चौरको भीरमा बिच सडकमा बिग्रिएको जेसिवी मेशिन मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको हो ।

 

अदानचुली गाउँपालिका १ का वडा सदस्य कर्ण महताराले बाजुराको धुला चौर नजिकको साका भीरमा जेसिवी मेशिन सडकमै चल्दै गरेको अवस्थामा इन्जिनमा खराबी आएर सञ्चालन हुन नसकेपछि पाँच दिनदेखि हुम्ला र बाजुरा खण्डको अवरुद्ध भएको सडक सुचारु भएको जानकारी दिए ।

 

नयाँ मेसिन बाजुराबाट हुम्लाको ताँजाकोट गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा एक्कासि मेसिनले काम नगरेपछि सडक अवरुद्ध भएको थियो । सडकको मध्य भागमा मेशिन बिग्रिएपछि सो खण्डमा मोटरसाइकल समेत सञ्चालनमा आउन नसकेको बताउँदै मेसिन चालक भरत पाण्डेले मेसिनको बिग्रिएको पार्ट काठमाडौँबाट ल्याएर मर्मत गरिएपछि सडक सुचारु भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार