२०८३ वैशाख ५ , शनिबार

कालिकोट विमानस्थल निर्माणको कार्य सम्पन्न



कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका– १ स्थित सुनथराली विमानस्थलको निर्माणकार्य सम्पन्न भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण कालिकोट विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल निर्माणको शतप्रतिशत कार्य सम्पन्न भएको बताएको छ।

 

कार्यालयले विमानस्थलमा परीक्षण उडान हुने पनि जनाएको छ। आइतबार देखि वैशाखको पहिलो हप्ताभित्र परीक्षण उडान हुने भएकाले विमानस्थल वरपर पशुचौपायाहरु छाडा नछाड्न आग्रह गरिएको छ।

 

विमानस्थलको पूर्वको अधेरी खोला, पश्चिम नुवादेव देवताको मन्दिर र खाली, उत्तरको भैरी सामूदायिक वन र दक्षिणको लामीडाँडा लामपाटा विमानस्थल क्षेत्र भित्रको भू–भागमा पशुचौपाया छाडा रुपमा नछाड्न भनिएको छ।

प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार