
सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको शिलान्यास गरेका छन् । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति खड्काले पुल बनेपछि भेरीगंगाको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताएका छन् ।
उनले अब विकास निर्माणका कामले गति पनि लिने उल्लेख गरेका छन् । विकास र निर्णयमा सबै राजनीति दलको बराबर दायित्व भएको बताउँदै उनले चुनावको बेला छुट्टाछुट्टै हिँड्नुपर्ने भए पनि विकास निर्माणमा सबै जुट्नुपर्ने बताए ।
प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार