२०८३ असार १६ , मंगलबार

कर्णालीमा एमालेद्धारा सरकारमाथिको समर्थन फिर्ता



सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

 

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

 

यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।

 

चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ । यो सँगै अब मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

May be an image of ticket stub

प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार