कर्णालीमा मन्त्री बन्न कांग्रेसभित्रै लफडा, शपथसमेत रोकियो

खबरदृष्टि सम्वाददाता ६ बैशाख २०८०, बुधबार १७:०५

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र मन्त्री बन्ने विषयमा लफडा भएको छ । जसका कारण नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका तीन मन्त्रीको आज हुने भनिएको शपथसमेत अन्तिममा आएर रोकिएको छ । सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा काँग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

 

काँग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरी मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी शपथ रोक्न आग्रह गरेको कांग्रेस स्रोतले बताएको छ ।

 

जाजरकोटबाट राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार काँग्रेसले तीन जना नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

 

तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि शपथ रोकिएको बताईएको छ । काँग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो । शाहले टेलिफोनमा कुरा गर्दै आफू अन्यायमा परेको समेत बताएका थिए ।

Next Post

कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ

६ बैशाख २०८०, बुधबार १७:०५
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो । मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक […]

सम्बन्धित समाचार

March 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31