डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका जिल्लामै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । मंगलबार जगदुल्ला गाउँपालिकाको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी जगदुल्लालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले दुर्गम भेगमा पर्ने जगदुल्ला गाउँपालिका छिटो र छरितोरूपमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने जिल्लाकै पहिलो पालिका बनेकोमा खुसी व्यक्त गरे ।
जगदुल्लासँगै अब चाँडै नै जिल्लाका अन्य स्थानीय तह पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुने उनले विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष नारासिङ रोकायाले जगदुल्ला पूर्ण खोप सुनिश्चित पालिका घोषणा मात्रै नभइ हरेक हिसाबबाट निरन्तर अगाडि बढिरहेको बताए ।
प्रकाशित मिति : २०८० जेठ २३ गते मंगलबार