वीरेन्द्रनगरका सामुदायिक विद्यालय हप्ता सम्म बन्द

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २६ जेष्ठ २०८०, शुक्रबार २०:४३

सुर्खेत । देशभर अत्यधिक गर्मी बढेसँगै धमाधम विद्यालयहरुमा बिदा दिन थालिएको छ । बुधवार अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगरमा रहेका निजी विद्यालयहरू एक साताका लागि बन्द भएका थिए ।

सोही अनुरुप शुक्रबारदेखि सामुदायिक विद्यालयहरू पनि असार १ गतेसम्म बन्द हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो ।

Next Post

माथिबाट खसेको ढुंगाले लाग्दा बालकको मृत्यु

२६ जेष्ठ २०८०, शुक्रबार २०:४३
हुम्ला । बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका वडा ८ राहदेव गाउँका भुपेन्द्र रोकायाको ढुंगाले लागेको मृत्यु भएको हो । रोकाया शुक्रबार बाख्रा चराउन तल्लो सताङ्ग जंगलमा गएका थिए ।  जंगलमा माथिबाट एक्कासी ढुंगा खसेर लागेपछि घटना […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930