२०८३ वैशाख ८ , मंगलबार

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु



जाजरकोट । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका छोरा वर्ष ८ का पाण्डप बस्नेत र टीकाराम बस्नेतका छोरा वर्ष ९ का प्रमोद बस्नेत रहेका छन् ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० जेठ २७ गते शनिबार