
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । महासचिव भण्डारी केही दिनदेखि सम्पर्कविहीन भएका हुन् । भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
बिहीबार भण्डारीले प्रयोग गर्दै आएको बा १८ च ९८७५ नम्बरको गाडी कर्णाली चिसापानीस्थित एक होटलमा वेवारीसे अवस्थामा भेटिएको थियो इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक टेकराज जोराले जानकारी दिए । निरिक्षक जोराले भण्डारीले प्रयोग गर्दै आएको मोवाइल, गाडीको चावी लगायतका सामानहरु गाडीमै भेटिएको पनि जानकारी दिए।
यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसमेत भण्डारीको खोजिमा पुगेका छन् । भण्डारीको खोजिका लागि कँडेल कन्चनपुर पुगेका हुन् । महासचिव भण्डारी सम्पर्क विहीन हुनुको कारण भने हालसम्म पनिखुल्न सकेको छैन् । उनी न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका छन् ।