२०८३ वैशाख ८ , मंगलबार

अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा खड्का



सुर्खेत । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा पूर्व प्रदेश सभा सदस्य पदमा खड्का निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न भएको अनेमसंघ कर्णालीको पहिलो अधिवेशनबाट उनिसहित ५१ जना निर्वाचित भएका हुन ।

यस्तै, उपाध्यक्षमा कुमारी थापा र अम्विका बोहोरा, सचिवमा तारा शाही चयन भएकी हुन । सहसचिवमा कोकिला सिंह ठकुरी निर्वाचित हुँदा कोषाध्यक्षमा चन्द्रिका महरा चयन भएका हुन । नवनिर्वाचित अध्यक्ष खड्काले अनेमसंघको संगठनलाई अझ विस्तार गर्ने र महिला नेतृत्व आगामी हुने चुनावमा स्थापित गर्ने अधिकतम प्रयास गर्ने बताईन ।

प्रकाशित मिति : २०८० जेठ २७ गते शनिबार