मुगु । मुगुमा कुलो खन्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–९ खनयाका १७ वर्षीय युवराज शाहीको मंगलवार मृत्यु भएको हो । शाही सोमबार बिहानै खेतमा पानी लगाउन गएका थिए ।
कुलो खनिरहेको बेला पशु चौपायाले माथिबाट ढुङ्गा खसाल्दा छातीमा ढुङ्गा लागेर उनी घाइते भएका थिए । घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा मङ्गलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार