२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा भोलीदेखि नगर बस सञ्चालन 



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वर्षौँदेखि सञ्चालन गर्ने नसकेको नगर बस सञ्चालनका निजी क्षेत्रले सञ्चालन गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिकाले वर्षौँदेखि नीति तथा कार्यक्रममा समावेश गर्ने तर सञ्चालनमा कुनै चासो नदिने नगर बस सेवा काँक्रेविहार यातायात प्रा.लि.ले शुक्रवारबाट वीरेन्द्रनगरमा सञ्चालन गर्न लागेको हो ।

वीरेन्द्रनगरमा तीन पाग्रें (अटो) ले मनोमानी तरीकाले भाडा असुल्न थालेपछि काँक्रेविहारले आफ्नै नगर बस सञ्चालन गर्न लागेको हो । काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाका अनुसार पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलियाबिटदेखि बाङ्गेसिमल रुटमा सेवा सुचारु गर्न लागिएको छ ।

उनका अनुसार दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरूमा बस सञ्चालन गरिने छ । उनले सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउन काँक्रेविहारले आफ्नै नगर बस सुरु गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार