
कुलेन्द्र शाही, सुर्खेत । वाईसेल जाजरकोटका अध्यक्षले एम्बुलेन्स फुटाए, नगरपालिकाले गुपचुपमै मिलायाे कुलेन्द्र शाही जाजरकोट । गत १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्र निकट वाइसेल जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
संघिय सरकारका उर्जा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेतका दाईका छोरा बस्नेतले नगरपालिकामा पार्किङ्ग गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको साँझ करिव ८ः०० बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसीले बताए ।
भेरी नगरकार्यपालिकाको बैठक संचालन भईरहेको समयमा बाहिर ठेक्का सम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । विरामी पुयाएर फर्किएको एम्बुलेन्सलाई पार्किङ्गका लागि राखेको गाडी आवेशमा आई सिसा फुटेको थियो ।
सार्वजनिक सम्पतीमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाइ आवश्यक क्षतीपूत्र्ति तिर्न नगरपालिकाले कागज गराएको थियो । जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुयाउने उद्धेश्य आफनो नरहेको बस्नेतले स्वीकार गरेका थिए ।
भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षती भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफनो कारणले एम्बुलेन्समा भएको क्षती वापतको रकम तिर्न आफु तयार रहेको समेत बताएका थिए । घटना भएको ३ महिना बितिसक्दा पनि उनले क्षतिपुर्ति वापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन् । यता, नगरपालिकाले भने उनले पैसा तिरिसकेको भने दाबी गरेको छ ।
पैसा तिरेको हाकिमलाई समेत थाहा छैन् !
भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाइसेल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफुलाई जानकारी भएको क्षतिपुर्ति बापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताए । उनले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको उनले बताए ।
‘एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागज समेत गर्नुभएको थियो’ उनले भने, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन्, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला ।’ यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफुलाई कुनै पनि जानकारी नभएको बताए ।
उनले तिर्छु भन्नुभएको थियो तर के गर्नुभयो मलाई केही जानकारी भएन् उनले भने बताए । यस्तै, वाइसियलका अध्यक्ष बस्नेतलाई सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा उनले कुनै पनि जवाफ दिन चाहेनन् । ‘गएको कुरा किन गर्नुपर्याे मैले जानी जानी तोडफोड गरेको हो र जे भइसक्यो भइसक्यो । तपाइलाई के भयो भन्दै उल्टै उनले राम्रोसँग पत्रकार गर्न धम्की समेत दिए ।
रकम तिरिसक्नुभयो भरपाइ बनाएन गल्ती भयो : जिन्सी प्रमुख थापा
भेरी नगरपालिका जिन्सी शाखा प्रमुख कृर्ति बहादुर थापाले बस्नेतले क्षतिपुर्ति वापत ५ हजार ५ सय रुपैयाँ तिरिसकेको बताए । उनले एम्बुलेन्सको सिसा फुटाएको एक हप्ता पछि कार्यालयमा आएर नगद उक्त पैसा बुझाएको जानकारी दिए । ‘हामीले गाडि कला मोटर पाटर्स नेपालगञ्जमा बनाएका थियौँ, गाडि बनाए वापतको रकम ५ हजार ५ सय मैले मेरा खाताबाट हालेको थिए ।’
उनले भने, ‘त्यसपछि उहाँ कार्यालयमै आएर मलाई ५ हजार ५ सय रुपैयाँ दिनुभयो । तर, मैले बिल भरपाई केही पनि बनाएन गल्ती भयो ।’ उनले भने । उनले भनेको कुरालाई आधार मान्दा बस्नेतले पैसा समेत नतिरेको देखिएको छ । बस्नेतले तिरेको पैसा थापाले व्यक्तिगत खर्च चलाएको बुझिएको छ ।
सरकारी राजश्व सरकारकाे खातामा दाखिला गर्नुपर्ने कानुनी प्राबधान छ । तर भेरी नगरपालिका कर्मचारी व्यक्तिगत खातामा पैसा असुली गर्दै आएका छन् । नगरपालिका राजश्व प्रमुख र स्टाेर प्रमुख थापाले व्यक्तिगत खातामा पैसा लिएर व्यक्तिगत खर्च चलाउने गरेको स्राेतले जनाएको छ ।

मिलापत्र