
सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी सुर्खेत आउन लागेका छन् । थारु कल्याणकारिणी परिषद् र नागरिक उन्मुक्ति पार्टीको संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार सुर्खेत आउने लागेका हुन् ।
चौधरी शनिबार बिहान काठमाडौंबाट सुर्खेत विमानस्थल आउने छन् । उनले वीरेन्द्रनगरस्थित शुभहोटलमा सामान्य भेटघाट गरी दिउँसोको कार्यक्रमलाई सम्बोधन गर्ने लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले जानकारी दिए ।
अभिनन्दन तथा समारोह कार्यक्रम वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा दिउँसो ३ बजेदेखि सुरु हुने मन्त्री चौधरीले बताए । रेशमले टीकापुर घटनाको बारे जनता सामू स्पष्ट पार्ने कार्यक्रमको उद्देश्य रहेको छ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल १५ जेठमा छुटेका थिए ।
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार