जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरिएको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले वडा नम्बर १ देखि ६ नम्बर वडाका ७५ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए ।
उनकाअनुसार स्वयम् सेविकाहरूलाई प्रोत्साहन स्वरूप सिम कार्ड सहित मोबाइल दिइएको छ । स्वास्थ्य सेवा प्रदानमा कठिनाइ भोग्दै आएका स्वयम् सेविकाहरू मोबाइल पाउँदा खुसी भएका छन् ।
प्रकाशित मिति : २०८० असार ९ गते शनिबार