सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै छ । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आज बस्ने नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
नगरपालिकाले भेरी पम्पिङ्ग खानेपानी उपआयोजना, भुमिहिन सुकुम्वासीका समस्या समाधान, व्यवस्थित नगर, स्वास्थ्य, र शिक्षालाई प्राथमिकतामा राखेर बजेट लयाउन लागेको उपप्रमुख खनालले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार नगरपालिकाका सबै वडाको स्वास्थ्य क्षेत्रको स्तरोन्नती, शैक्षिक स्तर सुधारका योजना, भवन तथा सडक पूर्वाधार, विभिन्न गौरवको आयोजनालाई समेत नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गरी योजनाहरु तयार पारेकाे छ ।