२०८३ जेठ २० , बुधबार

भेरीगंगाबाट लागु औषध सहित दुई जना पक्राउ



सुर्खेत । भेरीगंगामा लागु औषध सहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १ मा बस्ने वर्ष २७ का दिनेश रसाइली र सोही ठाउँ बस्ने वर्ष २३ का सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

शनिवार भेरीगंगा नगरपालिका–१० छिन्चु बजार स्थित नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००२ प ५५४३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट नापतौल नभएको ५ पुरिया लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।

मोटरसाइकल र उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतबार