२०८३ जेठ २० , बुधबार

वीरेन्द्रनगरकोे नीति तथा कार्यक्रम : गुनासो सुन्न ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालन गरिने



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाकी प्रमुख मोहन माया ढकालले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘सेवाग्राही हाम्रा भगवान हुन्’ भन्ने वाक्यलाई आत्मसाथ गर्दै नगरपालिकाका नागरीकको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्न र सोको सम्बोधन गर्न ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालन गर्ने बताएकी हुन् ।

साथै उनले पालिकामा टोल फ्री नम्बर समेत सञ्चालन गरिने बताएकी छन् । यस्तै हाल नगरपालिका भित्र इ-हाजिरी व्यवस्थापन गरिएकोमा यसलाई विस्तार गरी वडा कार्यालय वा चौकी र सामुदायिक विद्यालयमा जडान गरी एकिकृत रुपमा नियमन गरिने  छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतबार