जाजरकोट । नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरी’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको हाे ।
दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।
असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो । वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन् । भत्ता पाएपछि किसान खुसी भएका छन् ।
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार