
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियारलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको थियो ।
रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । रौनियार पर्सा क्षेत्र नं.३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।
प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार