२०८३ वैशाख ८ , मंगलबार

हुम्लामा आगलागी हुँदा २४ लाखको क्षति



हुम्ला । हुम्लामा तीन तलेको कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । शनिबार बिहान घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । सिमकोट गाउँपालिका–८ को लिगुडे खेतमा रहेको ५५ वर्षका जसबिर शाहीको तीन तले घरको भवनको माथिल्लो तलाबाट आगलागी भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

उनले आगलागीबाट माथिल्लो तलामा रहेका चार कोठा, बीच तलाको तीन वटा कोठा, घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी र काठ जलेर नष्ट हुँदा २४ लाख मूल्यको क्षति भएको बताए । आगो प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । घरमा आगलागी भएपछि शाहीको परिवार बिचल्लीमा परेका छन् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिबार