२०८३ वैशाख ८ , मंगलबार

बजेट कार्यान्वयनमा थुप्रै विकृति र विसंगति छ : मुख्यमन्त्री शर्मा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताएका छन् । आइतवार प्रदेशसभाको १७ औँ बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

उनले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताउँदै उक्त समस्याको समाधान गरेर सरकार अघि बढ्न चाहिरहेको बताए । उनले बजेट निर्माणका क्रममा हाबी भएका बिचौलियाको खोजी गरिनुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने, बिचौलियाहरूको छानबिन गरिनुपर्ने लगायतका माग राख्दै केही दिनयता संसद् अवरोध गर्दै आएको थियो।

आइतबार सर्वदलीय बैठकमा सात बुँदे सहमतिसँगै अवरोध हटेको छ । सोही विषयमा जानकारी दिन सदनमा बोल्दै मुख्यमन्त्री शर्माले प्रतिपक्षका मागहरू जायज रहेको र सबैको सहकार्यमा सरकार अघि बढ्ने बताए ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार