
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/प्राध्यापकहरुले आन्दोलन सुरु गरेका छन् । प्रतिष्ठानको नियमितता र स्थायित्वको लागि भन्दै उनीहरुले आजदेखि आन्दोलन सुरु गरेका हुन् ।
जस अन्तरगत असार २३ सम्म कालोपट्टी बाधी सेवा सुचारु गर्ने, असार २४ देखि साउन ६ सम्म तालाबन्दी सहितको रिले अनशन कार्यक्रम र साउन ७ देखि अनिश्चितकालिन आकस्मिक चिकित्सकिय सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु अवरुद्ध गर्ने सहितका कार्यक्रम सार्वजनिक गरेका छन् । यसअघि कुलपति, उपकुलपति लगाएत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि आफ्नो माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार