
सुर्खेत । कर्णाली प्रदेशमा दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनिकरणका लागि कर्णाली प्रदेश प्रहरीले सुरक्षित यात्रा अभियान थालेको छ । प्रदेश प्रहरी मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि उक्त अभियान थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराई बताए ।
सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसंगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरु जानकारी गराउने गर्दछन् ।
कर्णाली प्रदेश गर्ने मुख्यद्धार बबईमा उपरीक्षक भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी)राम प्रसाद शाहले चालक तथा यात्रुसंग सामुहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए ।