२०८३ वैशाख ८ , मंगलबार

हुम्लामा अविरल वर्षाका कारण तीन घरमा क्षति



हुम्ला । हुम्लामा अविरल वर्षाका कारण तीन घरमा क्षति भएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ३ खगाल गाउँका तीन घरमा पहिरोले ल्याएको लेदोसहितको बाढीले सोमवार क्षति पु¥याएको हो ।

पहिरोले नाम्खा गाउँपालिका वडा नं ३ निवासी पेमा छिरिङ लामा, लुन्डुप रिन्जिन लामा र छोईकि लामाको घरमा लेदोसहितको पानी घरभित्र पसेर घरमा भएका सामान, अन्न, लत्ता कपडा लगायतका सामग्रीमा क्षति पुगेको छ ।

लुन्डुप रिन्जिन लामाको घरको एकतर्फको पर्खाल पहिरोले भ्वाङ परेर घरभित्र लेदोसहितको पानी पसेको छ भने पेमा छिरिङ लामा र छोईकि लामाको घरमा पनि क्षति पुगेको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमबार