२०८३ वैशाख ८ , मंगलबार

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध



हुम्ला । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मंगलबारबाट हुम्ला आउने इनरुट क्षेत्रमा पर्ने कालिकोट र बाजुरा जिल्लाको मौसम खराब भएकाले हवाई सेवा अवरुद्ध भएको हो । मौसम खराब भएका कारण मंगलबारबाट कुनै पनि विमानले उडान भर्न नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

हाल सिमकोट विमानस्थलमा सीता, तारा र समिट एयरका जहाजहरुले दैनिक उडान भर्दै आएका छन् । हवाई सेवा नहुँदा हुम्लामा विकास निर्माणका सामग्रीदेखि दैनिक भान्सामा चाहिने खाद्यबस्तुदेखि तरकारी, माछा, मासु, फलफुल र सरकारले ढुवानी अनुदानमा दिँदै आएको खाद्यान्न पनि ढुवानी हुन सकेको छैन । त्यस्तै जिल्ला बाहिर जाने यात्रु र जिल्ला आउने यात्रुमा पनि मौसमका कारण हवाई सेवा सुचारु नहुँुदा सास्ती भोग्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार