२०८३ वैशाख ८ , मंगलबार

पहिरोमा पुरिएर वीरेन्द्रनगरका एक जना डोजर चालकको मृत्यु



मुगु । मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का अन्दाजी वर्ष २४ का पवन घिमिरे रहेको प्रहरीले जनाएको छ ।

मुगको गमगढी तारापानी सडक खण्डको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ फुली गाउँ नजिक बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिदा घिमिरेको घटना स्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाएर सदरमुकाम गमगढी तर्फ आउँदै गरेको डोजर पहिरोमा परिएको खबर पाउँना साथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल उद्धारका लागी घटना स्थलमा पुगेको थियो ।

रातभरि पहिरो पन्छाउन प्रहरी लागेपनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको प्रहरीले जनाएको छ । डोजरधनी सोरु गाउँपालिका वडा नं ६ का रतन बहादुर शाही रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार