२०८३ वैशाख ८ , मंगलबार

कांग्रेस छाडेर सात जना माओवादी केन्द्रमा प्रवेश



रुकुम पश्चिम । रुकुमपश्चिमा ७ जनाले नेपाली कांग्रेस छोेडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ सस्सुकाडा गाउँका सात जनाले नेपाली कांग्रेस छोेडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे हुन् ।

नेकपा माओवादी केन्द्र वडा नम्बर ३ का अध्यक्ष बेगम ओलीले माओवादी प्रवेश गर्ने सबै नेपाली कांग्रेस निकट रहेको जानकारी दिए ।  उनकाअनुसार प्रवेश गर्नेहरूमा कांग्रेसका बिर्खबहादुर बुढा, रेशम रावल, भिमबहादुर उखेरा, बलबहादुर बिक, सुपारी केसी, बेलमती रावल र पदमी बुढा रहेको छन् ।

लामो समयदेखि कांग्रेसमा निष्ठापूर्वक काम गर्दै आएका त्यस वडाका लोकप्रिय तथा सक्रिय कार्यकर्ताको प्रवेशले आफ्नो पार्टी र आफुहरुलाई निकै हौसला प्रदान गरेको उनले बताए । माओवादी केन्द्र विकास प्रेमी पार्टी भएको भन्दै उनीहरुले माओवादी पार्टीमा प्रवेश गरेको रेशम रावलको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतबार