सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीचोकबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेका हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ का वर्ष ३१ का विवेक गिरी र सोही ठाउँ बस्ने वर्ष १७ की रोशनी वली रहेका छन् ।
उनीहरूलाई प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको ५ जनाको प्रहरी टोलीले भुरेलबाट मुलपानीचोक सम्म भे ९ प ३६५ नम्बरको स्कुटरमा आएको बेला गिरीले वलीलाई लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया दिने क्रममा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २५ गते सोमबार