२०८३ वैशाख ८ , मंगलबार

पुल बनेपछि सवारी साधनका साथै स्थानीयलाई वारपार गर्न सहज



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ४ र ६ को बीचमा रहेको बडगाई खोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधनका साथै स्थानीयलाई वारपार गर्न निकै सहज भएको छ ।

वडा नं ६ को सहजीकरणमा र विभिन्न व्यक्तिको सहयोगमा मोटरेबल पुल निर्माण भएपछि सवारी साधनका साथै स्थानीयलाई निकै सहज भएको हो । पुल निर्माणमा वडाका केही युवाको श्रमदानसमेत रहेको वडा अध्यक्ष मनोज अधिकारीले जानकारी दिए ।

पुल निर्माणका लागि यति बिल्डर्सले सिमेन्ट, बालुवा र मिक्चर सहयोग गरेको थियो भने रिजाल हार्डवेयरले पाइप, बाँफिकोट गाउँपालिकाबाट १० हजार, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले १० हजार, सालघारी सामुदायिक वनले काठ तथा डीलबहादुर कुसारिले १२ सय बराबरको पेट्रोल सहयोग गरेको वडा अध्यक्ष अधिकारीले बताए ।

यस्तै पुल निर्माणमा अस्थायी प्रहरी पोष्ट मग्मा र वडा कार्यालयको ५ लाख बराबरको श्रमदान रहेको छ । मोटरेबल पुल नहुँदा वर्षौंदेखि साना र ठूला गाडीमा आवतजावत गर्नेहरुलाई सास्ती हुने गरेको थियो ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमबार