
काठमाडौं । सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शंकास्पद वस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका हुन् । प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरेको हो ।
शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेनाका अनुसार नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ३ गते बुधबार